२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डको सिइओको लागि आइतबार टुङ्गो लाग्ने

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सिइओको लागि आइतबार टुङ्गो लाग्ने भएको छ । मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

बोर्डको सिइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिष्ट’ गरिएको थियो । सिइओको लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सर्टलिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो ।

सम्बन्धित समाचार : पर्यटन बोर्डको प्रमुखका लागि ९ जना सर्ट लिस्टिङमा

सम्बन्धित समाचार : पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृतको लागि विज्ञापन (सूचनासहित)

बोर्डको सिइओका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता भइसकेको छ । प्रतिस्पर्धीको उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिले जनाएको छ ।

छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ । प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सिइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।

समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सिइओ नियुक्त गरिनेछ ।

बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मिलित उपसिमित बनाइएको थियो ।

प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ । समितिले बनाएको सिइओ छनोट कार्यविधि मातहत रही सिइओका लागि आवेदन माग गरेको थियो । गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।