२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालसुधार गृहको स्तरोन्नति हुन्छ : मन्त्री गुरुङ्ग

अ+ अ-

डोटी । संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले सुदूरपश्चिम प्रदेशको एक मात्र डोटीमा रहेको बाल सुधार गृहको स्तरोन्नति गर्ने बताएका छन् ।

छाउपडि प्रथाको अवस्था अनुगमनका लागि सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङ्गले बाल सुधार गृहको अनुगमन गर्दै छिट्टै बालसुधार गृहको स्तरोन्नति गर्ने समेत बताए । उनले भने, ‘यो भवन बाल सुधार गृहका लागि बनेको भवन होईन, साविकको महिला विकास कार्यालयको भवनमा सञ्चालित बाल सुधार गृहको अनुमगन पश्चात उनले भने, ‘बाल सुधार गृहका लागि जग्गा प्राप्त गरी नयाँ संरचना निर्माण गरिनेछ ।’ संरचना अभावका कारण बालसुधार गृहमा रहेका बालबालिकाहरुकालाई आधारभूत आवश्यकता परिपूर्ति गर्न समस्या भएको उनल बताए ।

आईतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङ्गले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित हुने बताउँदै उनले भने, ‘यो विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ, मलाई लाग्छ संसदले सहजै अनुमोदन गर्छ ।’ एमसिसीका बिषयमा बहस हुनु राम्रो भएको तर अनावश्यक विवाद गर्नु उचित नभएको समेत उनले दाबी गरे ।

नेकपाभित्रैबाट एमसिसीको बिरोध भइरहेको छ नि ! भन्ने सञ्चार कर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङ्गले भने ‘उनीहरु किन विरोध गरिरहनु भएको छ, के ईन्ट्रेष्ट हो उहाँहरुको, त्यो त उहाँहरुलाई नै सोध्नुहोस, तर एमसिसी नेपालको हितमा छ ।’

सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र बालसुधार गृह भएकाले यसको स्तरोन्नति गर्न आवश्यक देखिन्छ । २५ जना क्षमता भएको बालसुधार गृहमा हाल ४७ जना राखिएको छ । छाउपडि प्रथाको अनुगमन गर्नका लागि मन्त्रीको टोली आईतबारै अछाम जिल्ला प्रस्थान गरेको छ ।