२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा लागाइएको निषेधाज्ञा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागाएको निषेधाज्ञा स्थगित गरेको हो ।

स्थानीयबासीले बाह्रबिसे बजार क्षेत्रको अरनिको राजमार्गको दायाँबायाँ सडक अतिक्रमण गरी घर टहरा बनाएको सम्बन्धमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि निषेधाज्ञा स्थगित गरिएको छ ।

आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानविन समितिको प्रतिवेदन आएपछि अघि बढ्ने जिल्ला प्रशासनले जनाएको छ ।

राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर टहरा बनाइएका थिए । ती टहरा भत्काउन नगरपालिकाले पटक पटक सूचना जारी गरेको थियो । सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी टहरा भत्काइएका थिए । टहरा भत्काउँदा विरोध भएको थियो । विरोधमा झडप हुँदा स्थिति नियन्त्रणमा ल्याउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अनिश्चितकालका लागि कफ्र्यु लगाएको थियो ।