२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारमा खचाखच कैदी, बस्न समस्या

अ+ अ-

डोल्पा । डर लाग्दो भवनमा तिन दजनौं कैदीहरू खचाखच बस्न बाध्य छन् । डोल्पाको जिल्लाको जीर्ण कारागार भवनमा ठुलो पिडा सहेर दैनिकी काटी रहेका छन् ।

कुल २० जना पुरुष र ३ जना महिलाको क्षमता रहेको कारागारमा हाल ३३ जना कैदी थुनामा रहेका छन् । २०२६ सालमा स्थापना भएको कारागार भवन हाल सम्म मर्मत भएको छैन भत्किन लागेको पर्खालको घेरामा कैदी थुनिएका छन् ।

साँघुरो क्षेत्रमा धेरै कैदी थुन्न पर्ने बाध्यता रहेकोले निकै ठुलो समस्या आउने गरेको जेलर दिनेश राउतले दुखेसो सुनाए । उनी भन्छन् दया लाग्दो बसाइ छ कैदीको आफूले चाहेर पनि केही गर्न नसक्ने भन्दै घरै भत्किएला कि भन्न चिन्ता लागि रहने बताए ।

महिला कैदी नभएकोले महिला पुरुष दुवै ठाउँमा पुरुष ३३ जना कैदी राखेको जेलर राउतले जानकारी दिए । उनले भने कैदीको भत्ता समेत असमान भएको र दैनिक ५० रुपैयाँले कैदीलाई डोल्पामा तरकारी किन्न नपुग्ने बताए ।

बि।यन।त्रिशक्ति र दावा जे।बी।ले हाल निर्माण भएको भवनमा सिमेन्ट प्लास्टर गरी कैदी सार्ने र फेरी नयाँ भवन निर्माण गर्ने भन्दै तिन करोड ३७ लाखमा जिम्मा पाएको ठेकेदार पामा लामाले जानकारी दिए ।

लामाले भने चिसोले सिमेन्टको काम हुन सकेन हामी फागुनबाट काम तीव्र रूपमा गर्नेछौ चाँडै कैदी नयाँ भवनमा सार्ने छौ । चिसोको कारण कामदारले काम गर्न नसक्ने हुँदा ढिला भएको र काम समयमा सम्पन्न गर्ने लामाले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले जिल्ला कारागार डोल्पाको भवन निर्माणको काम हेरी रहेको जेलर दिनेश राउतले जानकारी दिए ।