२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ : मन्त्री अर्याल

अ+ अ-

दमौली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताएकी छन् ।

तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ बताइन् । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ हिँडिरहेको चर्चा गर्दै मन्त्री अर्यालले भनिन्,‘अबको बाटो समाजवादोन्मुख हुनुपर्छ, समाजवादमा पुग्नका लागि आर्थिक क्रियाकलाप बढाउनुपर्छ ।’

सहकारीलाई गुणात्मक विकास, सुशासन कायम गर्न नीति, कानून निर्माण गरिएको भन्दै उनले सहकारीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिइन् । सांसद केदार सिग्देलले राजनीतिक आन्दोलन सकिएकाले अबको आन्दोलन समृद्धिको हुनुपर्नेमा जोड दिए । सांसद कृष्णकुमार श्रेष्ठले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने देवकुमार श्रेष्ठ, हरिसिंह गुरुङ, विश्वबन्धु भण्डारी, सुकनारायण मल्ल, रामलीला सुवर्णकार र विकल्प ढुङ्गाना सम्मान गरिएको थियो ।

सोही अवसरमा मन्त्री अर्यालले सहकारीले ७८ लाख ६२ हजारको लागतमा निर्माण गरेको भवनसमेत उद्घाटन गरेकी थिइन् । विसं २०६३ मा ३२ सदस्यबाट स्थापना भएको सहकारीमा हाल दुई हजार २६५ शेयर सदस्य आबद्ध छन् । छ करोड ७२ लाख ७७ हजार शेयर पूँजी रहेको सहकारीले १८ करोडभन्दा बढीको कारोवार गरेको सहकारीका अध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए । सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, व्यास नमूना खातालगायतका सेवा प्रवाह गर्दै आइरहेको छ ।