२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका ३ जना अमेरिकीको मृत्यु

अ+ अ-

सिड्नी । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका ३ जना अमेरिकीको मृत्यु भएको छ ।

न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो ।

फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको मृत्यु भएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिए । अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो ।

उनले मारिने तीनै जना निकै अनुभवी रहेको पनि बताए । गतवर्ष सेप्टेम्बरमा शुरु भएको यस विनाशकारी डढेलोमा परेर कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ ।

यस दुर्घटनाको कारण तत्कालै थाहा हुन सकेको छैन, तर फिट्सिमन्सले तीव्र बेगको हावाका कारण पानी बोक्ने ठूला बिमानको उडानलाई ‘धेरै गाह्रो’ बनाइरहेको बताएका थिए ।

विमानको स्वामित्व रहेको क्यानाडाली फर्म कउल्सन एभिएसनले न्यू साउथ वेल्स र भिक्टोरियामा आगलागी नियन्त्रणमा प्रयोग गरिरहेका अन्य ठूला एयर ट्याङ्कर संचालनलाई तत्काल स्थगन गरेको जनाएको छ । रासस/एएफपी