जनकपुरधाम । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसा दाहाल निर्वाचित भएकी छन् ।
निर्वाचन कार्यालयका अनुसार ५ हजार २ सय ८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् । यादव नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार छन् ।







