दाङ । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित भएकी छिन् । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन् ।
उनले ५ हजार ७ सय २८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले २ हजार १०० मत ल्याएकी थिइन् । महिलाका ५ मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।







