काठमाडौँ । झापाबाट काठमाडौँ आउँदै गरेको बा४ख ६९६ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा आलकको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको छ । मृतक कार्की बसका सवारीधनी साथै चालक रहेको बताइएको छ ।
माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।







