२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे २३ करोडको राजस्व छलीको मुद्दा दायर

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा दुईवटा फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

रेजिङ इन्टरनेशनलले वस्तु खरिद नै नगरी झुटो र नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ । उसले मूल्य अभिवृद्धि करतर्फ ४ करोड ३२ लाख ६९ हजार २ सय ८३ रुपैयाँ र आयकरतर्फ १० करोड ५४ लाख ३९ हजार ५ सय ९५ रुपैयाँ छली गरेको हो ।

विभागले मास्केलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम १४ करोड ८७ लाख ८ हजार ८ सय ७८ रुपैयाँ ३६ पैसा विगो असूलउपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरेको छ ।

हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर न्यौपाने र कर्मचारी सुवेदीले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख १४ हजार १ सय ९८ र आयकरतर्फ ६ करोड १२ लाख ४ हजार ६ सय ३२ रुपैयाँ राजस्व छली गरेको विभागको दावी छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा ९१० र ९३० वमोजिम ८ करोड ६२ लाख १८ हजार ८ सय रुपैयाँ विगो र विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ ।