२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शङ्खधर उद्यान शिलान्यास

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले शङ्खधर चोकमा निर्माण गर्न लागिएको प्राचीन र परम्परागत शैलीको शङ्खधर उद्यान निर्माणका लागि काठमाडौँ महानगरपालिकाले रु. १ करोड सहयोग गरेको छ । नगरपालिका शङ्खधरचोकमा आज आयोजना गरिएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई रु एक करोडको चेक हस्तान्तरण गरे ।

अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत शङ्खधर उद्यान निर्माण गर्न कामपा र नगरपालिकाबीच सम्झौता र शुभारम्भ कार्यक्रममा आज प्रमुख शाक्यले उक्त पार्कको शिलान्यास गरे ।

महानगरपालिकाका प्रमुख शाक्यले नगर–नगर साझेदारीअन्तर्गत कामपाले काठमाडौँका १० नगरपालिकालाई रु एक करोडका दरले सहयोग प्रदान गरेको बताउँदै काठमाडौँ जिल्लाबाहेक आज मध्यपुरथिमि नगरपालिकालाई रु १ करोड हस्तान्तरण गरेका छन् । उनले यो सहयोग शुरुआती भएको र आगामी दिनमा अझै थप सहयोग गरिँदै जाने बताए ।

कामपा प्रमुख शाक्यले शहीद गङ्गालाल हृदयरोग केन्द्रलाई आजै रु ३ करोड सहयोग गरिएको बताउँदै उक्त अस्पतालमा अक्सिजन प्लान्ट खरिद गर्न लाग्ने सम्पूर्ण रकम कामपाले खर्च गर्ने घोषणा भएको जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले शङ्खधर पार्कको सम्पूर्ण गुरुयोजना सम्पन्न गर्न रु १३ करोड लाग्ने बताउँदै महानगरपालिकाले दिएको रु एक करोडले खुट्किला, शङ्ख रहने संरचना निर्माण हुने जानकारी दिए । पार्कमा ढुङ्गेधारा निर्माण भइसकेको र एमपी थियटरलगायत अन्य संरचना निर्माण बाँकी भएकाले आगामी दिनमा पनि महानगरपालिकाकै सहयोगमा पार्क निर्माण सम्पन्न गरिने बताए ।