२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै अछाममा आन्दोलन

अ+ अ-

कैलाली । वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो ।

धामी मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा मृत भटिएका थिए ।

आज बिहानैदेखि उनका आफन्तहरूले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन भने । विनायक बजार पनि बन्द छ ।

आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् । पन्चदेवल बजारमा बिहानैदेखि टायर बालिएको छ । सवारी आवतजावत् बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

अनुसन्धानमा प्रहरीले ढिलाइ र लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेको आफन्तहरूले बताएका छन् । प्रहरीकै लापरबाहीका कारण घटनाका संलग्नहरू उम्किन सक्ने आरोप आफन्त तथा स्थानीयको छ ।

घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई पक्राउ नगर्दासम्म आफूहरुले शव नउठाउने र आन्दोलन पनि जारी राख्ने स्थानीइको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको बताएका छन् ।

मङ्गलवार धनगढीबाट पठाइएको तालिम प्राप्त कुकुरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको भारतीले बताए ।