२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्सीको नसामा ढुंगाले हाने, संवेदनशील अंग काटेर जलाए

अ+ अ-

काठमाडौं । मादकपदार्थ सेवन गरी साथीको हत्या गर्ने दुई जना पक्राउ परेका छन् ।

गत सोमबार झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मादक पदार्थ सेवन गरी साथीको हत्या गर्ने करण चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

२१ माघको विहान विर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरु फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुंगाले हानेका थिए । ढुंगा लागेर बेहोस भएपछि करण र लक्ष्मणले घिसारेर खेतमा लगे ।

चक्कुले शेखको संवेदनशील अंग काटेर फाले र परालले छोपेर आगो लगाए । पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मर्छ भनेर संवेदनशील अंग काटेर फालेको बताएका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ र थप अनुसन्धान गरी कारबाही अगाडि बढाएको बताएको छ ।