२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्ली खोलामा चामल अलपत्र

अ+ अ-

सिमकोट । काठमाडौँ केरुङ, हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको ४ हजार क्विन्टलमध्ये तीन सय क्विन्टल चामल सल्ली खोलामा अलपत्र परेको छ ।

नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष २०७५/७६ आइपुग्नुपर्ने चार हजार क्विन्टलमध्ये तीन हजार ७०० क्विन्टल पुगेको र बाँकी चामल सल्ली खोलामा नै रोकिएको हो । भदौ महिनाबाट केरुङ हुँदै हिल्सा पुगेको चामल हिल्साबाट भदौ महिनाबाट टिपरबाट सिमकोट ओसार्न थालिएको थियो ।

सल्लीसम्म पुगेको चामल भदौदेखि मङ्सिर महिनासम्म सरदमुकाम सिमकोट ओसारिए पनि तीन हजार ७०० क्विन्टल चामल मात्रै पुगेको सिमकोट खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । प्रमुख विष्टले भने, ‘मङ्सिर महिनाको अन्तिम सातादेखि जिल्लामा निरन्तर हिमपात भएको छ सिमकोट पुग्नुपर्ने बाँकी चामल हिमपातले कुहियो होला ।’

हुम्लामा पुस र माघमा हिमपात भएको छ । सल्ली खोला उच्च हिमाली गाउँमा पर्छ । ‘सरदमुकाम सिमकोट भन्दा बढी हिमपात भएकोे त्यस क्षेत्रमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कसो नकुहिएला र रु” उनले भने । हवाई मार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौँ केरुङबाट स्थलमार्गबाट आउन ६ दिन लाग्छ ।

हवाई मार्ग भन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए तापनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा सिमकोट गाउँपालिका र खार्पुनाथा गाउँपालिकाका स्थानीयवासीलाई समस्या परेको छ । ठेकेदारको लापारवाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्लीमा पुगेको चामल सिमकोट नपुगेर बिचबाटोमै अलपत्र परेको छ ।

हवाईमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पुर्‍याउने जिम्मा लिएका चङ्खेली देउतीबजै जेभिका ठेकेदार धु्रव शाहीले भने त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले कामदारलाई सोधेर जानकारी दिने बताए । रासस