२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोरी बेचबिखन प्रयासको अभियोगमा दुई जना पक्राउ

अ+ अ-

गोरखा । १७ वर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज (बिक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए ।

उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका लागी भागेर घर फर्किएकी थिइन् । त्यसपछि घटनाबारे आमालाई सुनाएकी थिइन् । आमाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका डीएसपी खतिवडाले बताए ।

‘कक्षा ९ मा पढ्ने बालिकालाई तिम्रो हाइट पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने तिम्रो भाग्य चम्किन्छ, एक करोड पाउछौ भनेर ललाइफकाइ गरेछन्,’ डीएसपी खतिवडाले भने ।

उनका अनुसार माघ २३ गते ढकाल र दूतराजले उक्त व्यक्तिहरुले बालिकाको हाइट नापेर भिडियोसमेत बनाएका थिए । ‘अघिल्लो दिन भिडियो बनाए, भोलिपल्ट (माघ २४ गते) बालिकालाई लिएर उनीहरु घरबाट हिँडे,’ उनले भने, ‘बाटोमा पुगेपछि बालिकालाई शंका लागेछ अनि भागेर घर आइछिन् र आमालाइ भनिछन् ।’

प्रहरीमा जाहेरी परेपछि ढकाल र दूतराजलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । उनीहरु विरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ । रासस