काठमाडौं । गुण्डा नाइके रमेश वाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजायसुनाइएको छ ।
आइतबार जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।
उनलाई न्यायाधीश नवराज दाहालको इजलासले कैद र जरिवाना सजाय तोकेको हो ।
वाहुनलाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।







