काठमाडौं । आज २४ औँ जनयुद्ध दिवस । तत्कालिन नेकपा माओवादी नेतृत्वले २०५२ साल फागुन १ गतेदेखि शुरू गरेको १० वर्षे जनयुद्धको आज २५औं दिवस मनाइँदैछ।
आजको दिन जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउँछन् ।
आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको छ ।
पार्टी एकताको पहिलो वर्ष पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो।
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध घोषणा गरेको थियो । नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा नेकपाले जनयुद्ध दिवसलाई पार्टी्भित्र मनाउने तयारी गरेको छ । ‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
जनयुद्ध सञ्चालन गर्ने मातृ पार्टी नेकपा माओवादी पटक–पटक पुनर्गठन र विघटन व्यहोर्दै अहिले विभिन्न समूहहरुमा टुक्रिएको छ। मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवदेखि गोपाल किराँतीसम्मले पूर्व माओवादी आन्दोलनकै पृष्ठभूमी समात्दै फरक समूहहरुबाट राजनीति अघि बढाएका छन्।
१० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीको ज्यान गएको थियो।







