काठमाडौँ । सांसद भुसालले संविधानको भावना अनुसार मन्त्रिमण्डल गठन नभएको बताएकी छन् । उनले संविधानको भावनाअनुसार मन्त्रिमण्डल गठन नभएको भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेकी हुन् ।
उनले संविधानको धार ३८ को उपधारा ४ बमोजिम मन्त्रिमण्डल गठन नभएको भन्दै ३३ प्रतिशत महिला हुनुपर्नेमा २ जना महिलाले संविधानको भावनालाई कदर गर्न नसक्ने बताएकी छन् । उनले भनिन्, मन्त्रिमण्डल गठन गर्दा हाम्रो संविधानको धारा ३८ (४) ३३ प्रतिशत महिलाहरूको उपस्थिति देख्न खोजको थियो तर त्यहाँ २५ मा दुई जना मात्र महिला मन्त्रीले छन्, के त्यसले ३३ प्रतिशतको हाम्रो संविधानको भावनालाई कदर गरेको छ त ? यहाँ ५१ प्रतिशत महिलाको प्रश्न छ, किन संविधानको कार्यान्वयन भएन’
यस्तै, उनले जनता सुखी नभएको बताउँदै अध्यक्ष प्रचण्डले जनता खुसी छैनन् भनेर पुष्टि गरिसकेको पनि बताइन् । उनले भनिन्,‘हाँस्न पाइँदैन रुन पाइँदैन भन्ने कथनलाई स्वयम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश भरी घुमे जनता सुखी छैनन् भनेर पुष्टि गरिसक्नु भयो ।’







