२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष स्थापना

अ+ अ-

भक्तपुर । चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिए । उनले आजदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थय परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेत गर्नेगरी व्यवस्थापन गर्न लगाइएको बताए ।

चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि हेल्थ डेक्स स्थापना गरेको हो । हेल्थ डेक्समा अस्पतालका डा.मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ । डा.बज्राचार्यले आज १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको जानकारी दिए ।

प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा.बज्राचार्यले आज पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको बताए। नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चलन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।

नगरप्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको बताए । स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उनको भनाइ छ । सरकारले आज १७५ नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ ।