दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दार्चुलामा भव्य सम्मान गरिने भएको छ । बिहीबार बिहान दार्चुलाको मालिकार्जुन पुगेकी भण्डारीले मालिकार्जुन मन्दिरमा पूजा गरेकी छन्।
पहिलो पटक सुदूरपश्चिमको दार्चुला पुगेकी भण्डरीको नागरिक अभिनन्दन समेत गरिने कार्यक्रम तय भएको छ ।
अभिनन्दन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठी, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशसभाका सदस्यलगायत सर्वसाधारणको उपस्थिति रहेको छ।
बुधबार उनले धनगढीमा सुरु भएको साहित्य महोत्सव उद्घाटन गरेकी थिइन् ।







