२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न गेसोको माग

अ+ अ-

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले द्विपक्षीय सन्धिका आधारमा भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न माग गरेको छ ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको त्रिपक्षीय सन्धि पुनरावलोकनका लागि पठाएको प्रस्तावको स्वागत गर्दै बेलायत र नेपालबीच द्विपक्षीय सन्धिमा गेसोले जोड दिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भूतपूर्व गोर्खा सैनिकहरुमाथि भइरहेको अन्यायको क्षतिपूर्ति हुने गरी द्विपक्षीय सम्झौताको माग गरे ।

सभापति राईले पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिकपत्र पठाएको उल्लेख गर्दै गोर्खाहरुको समस्या समधानको बाटो यही भएको बताए।

उनले भने, ‘गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका बेला बेलायतका समकक्षी टरिजा मेसँग पनि उक्त सन्धि पुनरावलोकनको प्रस्ताव राखेका थिए ।’ ‘पछिल्लोपटक पराराष्ट्र मन्त्रालयले पुनरावलोकनको प्रस्तावसहित बेलायत सरकारलाई औपचारिक पत्र पठाएको हाम्रो जानकारीमा आएको छ । गेसो सरकारको यो कदमको दृढ समर्थन गर्दछ । यसलाई हामीले गेसो आन्दोलनाको एउटा उपलब्धिका रुपमा लिएका छौँ’, उनले भने ।

सभापति राईले बेलायतसँगै गोर्खा भर्तीको विषयमा भारत, सिङ्गापुर र ब्रुनाईसँग पनि त्रिपक्षीय सम्झौता जरुरी रहेको बताए । उनले नेपाल सरकारले पठाएको प्रस्तावको जवाफ बेलायत सरकारले चाँडै दिने विश्वाससमेत व्यक्त गरे ।

द्विपक्षीय सम्झौताबाट नै गोर्खाहरुको समस्या समाधान हुने र नेपालको स्वभिमान पनि उचो रहने उनको भनाइ छ । सभापति राईले पेन्सनमा गोरा सेना सरह हुनुपर्ने माग गरे । पेन्सनमा अझै पनि २९८ प्रतिशत फरक रहेको उल्लेख गर्दै आफूहरुको माग समान पेन्सन रहेको बताए ।

सभापति राईले बेलायत सरकारले गरेको पूर्वप्रतिबद्धताअनुरुप गोरखाहरुको समस्या सम्बोधनका निम्ति अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलका लागि अपिलसमेत गरे ।