काठमाडौं । गएराति सडकबाट लडेर कलंकीमा एक जनाको मृत्यु भएको छ।
राति साढे ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर घाइते भएका पुरुषलाई प्रहरीले ट्रमा सेन्टर पठाएको थियो उनको उपभारका क्रममा मृतयु भएको हो ।
मृत्यु भएका ती व्यक्तिको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।







