२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस्तकमा गरिएको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ ।

सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन् ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे। ‘सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ’, उनले भने। अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।