२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी बल स्थापना

अ+ अ-

परासी । पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ । सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर नवलपरासीले जनाएको छ ।

सरावल गाउँपालिका–७ भुजहवामा सोमबार स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बिओपी स्थापनासँगै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सन्दर्भमा सशस्त्र प्रहरीको उपस्थिति सीमाक्षेत्रमा मजबुत बनाउँदै लैजाने सरकारको नीतिअनुसार नेपाल–भारत सीमाक्षेत्रमा रहेका स्तम्भको सुरक्षा, सीमा अतिक्रमण, चोरी तस्करी, राजश्व चुहावट रोकथाम गर्न यो चौकी स्थापना गरिएको हो, आगामी दिनमा यहाँको सुरक्षा थप सुदृढ र प्रभावकारी हुने हामीले विश्वास लिएका छौँ ।’ आफ्नो पेशाप्रति इमान्दार र मर्यादित रहेर विपद् व्यवस्थापन, शान्ति सुरक्षाको अनुभूति हुने गरी जनताको सेवामा खटिन उहाँले सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिए ।

सरकारले सीमा अतिक्रमण भएका जिल्ला र राजश्व चुहावट हुने संवेदनशील क्षेत्रमा सुरक्षा चौकी थप गर्ने निर्णय गरेअनुसार पश्चिम नवलपरासीको भुजहवामा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुरका प्रहरी उपरीक्षक भरत खनियाले राससलाई जानकारी दिए । उनले भने, ‘संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीको बल स्थापना गर्ने सरकारको नीति रहेको छ, यस जिल्लामा पनि तीन चौकी स्थापनाका लागि स्वीकृति भएबमोजिम भुजहवामा चौकी स्थापना गरिएको हो ।’

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड रहने गर्दछ । पश्चिम नवलपरासीको भारतीय सीमासँग जोडिएको २८ किलोमिटर क्षेत्रअन्तर्गत यो चौथो बिओपी हो । यसअघि जिल्लाको सुस्ता, गुठीप्रसौनी र हरपुरमा बिओपी स्थापना भएका थिए । भारतीय सिमानासँग जोडिएका जिल्लामा सुरक्षा चौकी कम भएकाले थप बल स्थापना गर्नुपरेको बताउँदै उपरीक्षक खनियाले भने, ‘चौकी थप गर्दै जाने नीतिअनुसार जिल्लामा पाल्हीनन्दनको गेरमी र सुस्ताको रामनगरमा पनि बिओपी स्थापना गर्ने तयारी छ, त्यहाँ बिओपी थप गर्न भौतिक संरचनाका लागि उचित स्थान र जग्गाको खोजी भइरहेको छ ।’

भारतले सीमा सुरक्षाका लागि तीन÷तीन किलोमिटरको फरकमा एसएसबी स्थायी चौकी र आवश्यकताअनुसार अस्थायी चौकी राखेको छ । तर नेपालमा भने २८ किलोमिटरको दूरीमा योसहित चार बिओपी भएका छन् ।