काठमाडौँ । फागु पर्व अर्थात होली आजदेखि विधिवत रुपमा सुरु भएको छ।
आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा काठमाडौंको वसन्तपुरमा चीर ठडाएसँगै फागु पर्व सुरु भएको हो।
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर उठाएपछि फागु पर्व विधिवत रुपमा शुरु भएको मानिन्छ।
यो वर्ष पहाडमा यही फागुन २६ गते र तराईका जिल्लाहरुमा २७ गते फागु अर्थात होली पर्व परेको छ।
सरकारले कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई मध्यनजर गर्दै सकभर सामूहिक रुपमा होली नखेल्न आग्रह गरेको छ।







