वीरगञ्ज । पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । हत्या आरोपी कुन्दन फौजदारलाई प्रहरीले आइतबार बारागढी गाउँपालिका– गडहिस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ ।
उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो ।







