२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातहजार भक्तजनले गरे छिम्केश्वरीको दर्शन

अ+ अ-

दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सातहजार भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । फागुपूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ ।

तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वास सहित भक्तजन आउने गरेको छिम्केश्वरी पर्यटन विकास समितिका सचिव सन्तोष गुरुङले जानकारी दिए ।

उहाँका अनुसार होलीको दिन मात्रै सात हजार भक्तजनले छिम्केश्वरी र बूढीमाईको दर्शन गरेका छन् । ‘मन्दिर दर्शनका लागि सोमबार विहानदेखि नै भक्तजनको भीड लागेको थियो,’ उनले भने, ‘प्रत्येक वर्षको होलीमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।’

समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाईमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले भक्तजनको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०÷२५ जना भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिए ।

एकादशी र औंशी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बली दिने परम्परा पनि रहेको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्‍याएका छन् । गाउँपालिकाले मन्दिर पुनर्निर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनर्निर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।

निर्माण सामग्री आइनपुगेकाले हाल मन्दिरको निर्माण कार्य रोकिएको छ । मन्दिरमा हालिने झ्यालढोका बनाउन भक्तपुरका कालीगढलाई जिम्मा दिइएको छ । ‘झ्यालढोका तयार भएर आउने बित्तिकै मन्दिरको निर्माण कार्य फेरि शुरु भइहाल्छ,’ उनले भने । रासस