२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फूलखेतीमा रमाउँदै ७५ वर्षे सुनुवार

अ+ अ-

महोत्तरी । उमेरले ७५ वर्षको डाँडा कटायो, तर कमलबहादुर सुनुवारको काममा फुर्ति भने जवानी (युवावस्था)कै छ । नौलो काम गर्ने लहडले ३० वर्षअघि फूलखेती गर्न थालेका सुनुवारले जीवनको उत्तरार्द्धमा पनि फूलका बोटसँग रमाउन छाडेका छन् ।

‘रामेछापको बुलमबुलमको आफू मधेश झरियो’, महोत्तरीको बर्दिवाससँगैको धनुषा जिल्लामा पर्ने मिथिला नगरपालिका–२ का सुनुवारले भने, ‘के गरौँ भन्ने खुल्दुली हुँदा ३० वर्षअघि फूलखेती थालेँ, अब त यसैलाई जीवनसँग गाँसिसक्या छु ।’ ढल्केवर–जनकपुर सडकको छेउमै नक्टाझिजमा १५ कठ्ठा जग्गा ठेक्का लिएर अहिले फूलखेतीमा रमाएका सुनुवारलाई जेठी बुहारी रिङ्कु सुनुवारको साथले हौसला थपिएको छ ।

शुरुमा के गर्दा जीवनयापन होला भनेर सोचिरहेकै बेला एक्कासि फूलखेती गर्ने विचार फुरेपछि विसं २०४५ ताका यो खेती थालेको सुनुवारको भनाइ छ । शुरुका केही वर्ष बजार पाउन गाह्रो परे पनि एक/दुई वर्षभित्रै फूल व्यापारीसँगको समन्वयले व्यवसाय सहज भएको सुनुवारले बताए ।

अहिले सुनुवारको मेहनतमा सयपत्री, गोदावरी र रङ्गीबिरङ्गी थुँगेफूलबारी नै रङ्गीचङ्गी बनाउने गरी फुलेका छन् । अहिले पालो मिलाएर दैनिक दुई/तीन कठ्ठाको फूलबारीमै आएर व्यापारीले लाने गरेको सुनुवारले बताए । ‘बूढी (पत्नी) बेलैमा बाटो लागिहाल्यो (मृत्यु भयो), दुई छोरा आफैँ बाबुआमा बनेर हुर्काएँ’, सुनुवारले विगत कोट्याउँदै भने, ‘ती दुःखका दिनमा फूलका बोट समाएँ, हुँदाहुँदा यसैले दुःख बिर्साउँदै लग्यो ।’

आफू दुई/दुई छोराबुहारी र पाँच नातिनातिनीसहित १० जनाको परिवार पाल्ने, अन्य घरव्यवहार, नानीहरुको शिक्षादीक्षा र इष्टमित्रलाई भइपरी आउने बेलाको सरसहयोग पनि फूलले थेगेको सुनुवारको भनाइ छ । ‘अहिले जनकपुर, काठमाडौँ र पूर्वको काँकडभिट्टासम्मका व्यापारीले फोनमै सम्पर्क गरेर फूल टिप्न माग गर्छन्’, सुनुवारले बेलिविस्तार लगाउँदै भने, ‘बूढ्याँइ राम्रै चलिरहेको छ ।’ फूलखेतीले गोजीमा रकमको खडेरी पर्न नदिएको र वरपर छरछिमेकमा यसैको बलले सरसहयोग गर्न पाउँदा खास आनन्द दिने गरेको सुनुवारको थप भनाइ छ ।

फूल भनेको घर अगाडि गमलामा होस् कि आँगन छेउ, यसो सजाउने कुरा मात्र हो भन्ने मान्यता सुनुवारले बदलिदिएको वरपरका छिमेकी बताउँछन् । यो जीवन चलाउने खास खेती (व्यवसाय) नै हुने कुरा सुनुवारबाट सिकेर पछिल्ला केही वर्षयता फूलखेती गर्ने किसान बढ्दै गएका नक्टाझिजकै बासिन्दा राजनीतिकर्मी प्रदेशसभा–२ का सदस्य शत्रुधन महतो बताउछन् ।

बाटोघाटो हिँड्ने सबैले देख्ने ठाउँमा सुनुवारले लगाएको फूलखेती हेर्न पुग्नेको पनि ताँती नै लाग्ने गरेको छ । पछिल्ला केही वर्षयता महोत्तरीको भङ्गाहा, बलवा र बर्दिवास नगरपालिका क्षेत्रका किसानले सुनुवारको देखासिकीबाटै फूलखेती गर्न थालेका छन् । बलवा नगरपालिकाको बनौटा र पडौलमा १० कठ्ठासम्म फूलखेती गर्ने किसान भएका बलवाकै नगरप्रमुख विनोद यादव बताउछन् । फूलखेतीलाई अन्य खेतीसरह मानेर किसानलाई प्रोत्साहन हुनसके यसबाट किसान लाभान्वित हुने सुनुवारको भनाइ छ ।