धनगढी । बलात्कारको आरोप लागेका प्रदेश सभा सदस्य अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत, कैलालीले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले सांसद् रावललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी अदालतको आदेशसँगै सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् ।
रावलविरुद्ध धनगढीकी एक महिलामाथि बलात्कार प्रयास गरेको अभियोगमा गत फागुन १५ गते उजुरी परेको थियो । उनले फागुन २१ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।







