२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट दैलेख आएकाको संख्या ९०० पुग्यो, क्वारेन्टाइनमा भने १६ मात्रै

अ+ अ-

दैलेख । विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको सङख्या ९०४ पुगेको छ ।

जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताए । सङ्ख्या अझै बढ्नसक्ने उहाँको भनाइ छ । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिए । पालिकाका सबै वडामा कीटनाशक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीव्र पारिएको उनले बताए ।

नारायण नगरपालिकामा १३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १५६, महावुमा नौ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।

भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । जिल्लाको आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । परिवारका दुईलाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो । दुई जनाको कोरोना जाँचका लागि नमूना पठाइएको छ ।

अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिप्रकाले दिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा १३८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ वटा आइसोलेसन शय्या र तीन वटा हाइकेयर युनिट तयार भएकोे छ ।