२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५८ हजार संक्रमित

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाटज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ५१ पुगेको छ । विश्वभर संक्रमितको संख्या भने ८ लाख ५८ हजार ६ सय ६९ पुगेको छ ।

पछिल्ले २४ घण्टामै ४ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् । भने १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।

कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् ।

विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् ।

सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज नवौं दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ । एजेन्सी