२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

अ+ अ-

गलकोट । बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आउनुभएकाआएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उक्त वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमित वृद्धा यही चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन्।

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी उनीसँगै बागलुङमा कोरोना संक्रमित दुई भएका छन् । उनी सवार विमानमा संँगै आएका बागलुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंँगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उनलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

“उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भने, “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पताललमा सम्पर्क राख्नुहोस् ।”

चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा चैत ४ गते नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । उक्त युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बागलुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बागलुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् । रासस