जुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गाउँकार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको छ ।
वडा नं ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद सिर्जना भएको हो ।
अध्यक्ष शाहीले भने आफ्नो वडालाई मात्रै नियम खोजेको र अन्य वडाको सम्झौता गरेर रकम भुक्तानी गरेर कर्मचारीतन्त्र हावी गर्न खाजेको हुँदा आफूले सबै वडामा एकनास प्रक्रिया हुनुपर्ने माग गरेको बताए ।
विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले बताए ।







