कैलाली । धनगढीमा एक डोजर चालक विद्यालय परिसरभित्र मृत भेटिएका छन् । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान विद्यालयमा भेटिएको कैलाली प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष बस्नेतले बताएका छन् ।
विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।







