काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमानामा कडाइ गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रीपरिषदको बैठकमा लकडाउनको बारेमा कुरा उठ्दा उनले सीमानामा अझै कडाइ गर्नुपर्ने बताएका हुन् ।
भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल भएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यको दृष्टिले हेर्दा अहिले नै भारतमा रहेका नेपालीहरुको उद्धार सम्भव नभएको बताए । उनले सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकोले उद्धार सम्भव नभएको स्पष्ट पारेका हुन् ।
अहिलेलाई भारतमा अलपत्र परेका नेपालीहरुलाई भारतमा रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने निश्कर्ष आजको बैठकको रहेको छ ।







