काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच बिहान ११ बजेदेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।
नेकपाले २४ गते सचिवालय र २५ गते स्थायी समिति बैठक तोकेको छ।
आजै अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल बीच पनि स्थायी समिति बैठकमा लैजाने प्रस्ताव तयारका लागि छलफल हुने स्रोतले जनाएको छ।
शनिबार सचिवालय बैठक बसेको थियो । बैठकमा नेताहरुले गरेको प्रतिबद्धताअनुसार नै प्रस्ताव तयार गर्ने काम भइरहेको स्रोतले बताएको छ ।







