२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा रहेका ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन तयार

अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा रहेका ५ लाख ३४ हजार नेपालीहरु स्वदेश फर्किन तयार रहेको बताइएको छ । नेपाल सरकारले गरेको अध्ययन अनुसार विदेशमा रहेका नेपालीहरु ठूलो संख्यामा नेपाल फर्किने तयारीमा रहेको देखिएको छ ।

लकडाउन खुल्न नपाउादै १ लाख २७ हजार नेपाली स्वदेश फर्किन चाहेको बताइएको छ । बुधबार सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा सो कुराको जानकारी दिइएको छ ।

यसरी स्वदेश फर्किन चाहनेमा कतार, यएई, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाका गरी ७ देशका कामदारहरु छन् । बैठकमा यसरी समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले निर्णय गर्नुपर्ने बताईएको थियो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले ४ लाख ७ हजार कामदारले लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गरेको बताएका छन् । उनले यो विवरणसहित सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन बोर्डले श्रम मन्त्रालयमा बुझाएको बताए।

प्रतिवेदनमा समितिहरुले के–के काम गर्ने भनेर प्रतिवेदनमा स्पष्ट सुझाव दिइएको उनले बताए ।

हाल विदेशमा ११ नेपालीको शव अलपत्र रहेको समेत श्रेष्ठले बताएका छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याउन सकिएको छैन ।

आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा पुगेको बोर्डले जनएको छ । त्यसमध्ये भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४५२ जनामात्रै कामको लागि अनुमति लिएर गएका छन् ।