काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।







