२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना

अ+ अ-

टेक्सस । विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका तीन आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन् ।

के म्यान आइल्याण्ड, टर्क एण्ड केइकस आइल्याण्ड र बर्मुडा आइल्याण्डमा कामदारका रूपमा गएका नेपालीले आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका हुन् । के म्यान र टर्क आइल्याण्ड क्यारेबियन सागरको बीचमा पर्छ भने बर्मुडा नर्थ एटलान्टिक सागरको बीचमा पर्दछ ।

तीनवटै आइल्याण्ड बेलायतको ‘टेरिटोरी’ आइल्याण्ड भए पनि दूरीका हिसाबले अमेरिकाको नजिक पर्दछन् । विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रभित्र पर्न आउने तीन आइल्याण्डमा होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बन्धित क्षेत्र र कम्पनी, सुरक्षा कम्पनी, ब्यूटिपार्लरमा काम गर्ने नेपाली त्यहाँ रहेका छन् । के म्यानमा लकडाउनका कारण काम ठप्प भएको र ठूला तथा अन्तर्राष्ट्रिय ब्राण्डका होटलमा कार्यरत नेपालीलाई न्यूनतम तलब दिइएको भए पनि अन्य होटल तथा रेष्टुरेण्ट र ब्यूटिपार्लरलगायतका क्षेत्रमा रहेका नेपाली बेतलबी अवस्थामा रहेको के म्यान आइल्याण्डबाट रविन श्रेष्ठले जानकारी दिए । पूर्ववतरूपमा काम सञ्चालन हुने तत्काल सम्भावनासमेत नदेखिएकाले कम्पनीहरुले समेत देश फर्कन सके फर्कन सूचित गरेको काठमाडौँका श्रेष्ठले बताए ।

उता बर्मुडाबाट नरेन्द्र मर्हजनले दिनुभएको जानकारीअनुसार त्यहाँ रहने अधिकांश नेपाली होटलमा कार्यरत छन् । लकडाउनपश्चात होटलले १२ हप्तासम्मका निम्ति न्यूनतम तलब दिने जनाएअनुसार पाँच हप्ताको तलब नेपालीले लिइसकेका छन् । अबको सात हप्तापछि के हुने हो भनेर आफूहरु चिन्तित बनेको कीर्तिपुरका महर्जनले बताए ।

यस्तै टर्क एण्ड केइकसमा रहनुभएका लीला उप्रेतीले त्यहाँ पनि अधिकांश नेपाली होटल क्षेत्रमा कार्यरत रहेको भन्दै केही समयका लागि लकडाउनको अवधिमा आधा तलब होटलले दिइरहेको बताउनुभयो । अब यो अवस्था कहिलेसम्म जाने हो यकिन नभएकाले भविष्यमा आउन सक्ने सङ्कटले टर्क एण्ड केइकस आइल्याण्डमा रहेका कतिपय नेपाली नेपाल फर्कन खोजेको धादिङका उप्रेतीले जानकारी दिए ।

ती आइल्याण्डहरुमा नेपालीको यकिन सङ्ख्या थाहा नभए पनि के म्यानमा ३०० देखि ३५०, बर्मुडामा ६० देखि ७० र टर्क एण्ड केइकस आइल्याण्डमा ५० देखि ६० नेपाली कामदारका रूपमा रहेको बताइन्छ । यी आइल्याण्डहरु पयर्टकीय गन्तव्यभित्र पर्ने हुँदा त्यहाँ बसोबास गर्न निकै महङ्गो पर्दछ । यता बेलायतस्थित नेपाली दूतावासका मिसन उपप्रमुख एवं प्रवक्ता शरदराज आरणले आइल्याण्डमा रहेका नेपालीसँग दूतावासको सम्पर्क भइरहेको जानकारी दिए । उनले नेपाल जाने अवस्था निर्माण भए उनीहरुलाई आवश्यक पर्ने सहयोग दूतावासबाट गरिने बताए ।