२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग

अ+ अ-

दार्चुला । विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ । गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो ।

व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्रचार गरेको छ । गाउँपालिकाले व्यासमा स्थानीय र सुरक्षाकर्मीको उपस्थिति भइसकेको अवस्थामा टेलिफोन सेवा सञ्चालन गर्न माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए।

गाउँपालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न जनशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको हो । हाम्रा जनतासमेत व्यास पुगेका छन् । ‘सदरमुकाम खलङ्गाबाट हिँडेदेखि सञ्चार हुनसकेको छैन’, व्यास गाउँपालिकाका स्थानीयवासी यशोदा तिङ्करीले भने, ‘हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ, मानिस कसरी पुगे भनेर जानकारी लिन सकिने माध्यम सञ्चार हो ।’

गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरेको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष बुढाथोकी बताउँछन् । सीमारक्षाका लागि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यास पुगेका छन् । स्थानीय पनि गाउँ पुग्ने क्रममा छन् तर यो क्षेत्रमा अहिलेसम्म फोन सेवा सञ्चालन भएको छैन । सुरक्षाकमीलाई नै टेलिफोन सञ्चार गर्न समस्या भएको भन्दै तत्काल सरकारले व्यासमा टावर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

गाउँपालिकाको छाङरु सर्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण सञ्चारसेवा गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । हिमपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्षति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नभएको उनले बताए ।

प्रहरी छाङरुबाट तिङ्कर उक्लियो
गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उक्लिएको छ । छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सुरक्षाकर्मी र खाद्यान्नलगायत बन्दोबस्ती ओसारेको थियो । पहिलोपटक सशस्त्रको बिओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ । यस्तै तिङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौकी स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।