२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा गाडी दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

अ+ अ-

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने १२ जनाको भने सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा धेरै सल्यान जिल्लाका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन् ।

त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नं ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन् ।

यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किँदा गएराति १२ जनाको मृत्यु भएको थियो । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

कोरोना परीक्षण गरिँदै
दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ । मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।

उनका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो । ‘कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मृतकमा सङ्क्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो’, निमित्त मेसु थापाले भने, ‘मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।’