२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौरजहारी घटनाको विरोध

अ+ अ-

सुर्खेत । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्र्रनगरमा र्‍याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्‍यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । र्‍यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताए ।

निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गरे । ‘छोरी बचाउ अभियान’ का संयोजक सजना सुनारले जातकै कारण अन्तरजातीय प्रेमका नाममा दलित मारिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भनी प्रश्न गरे ।

राष्ट्रिय दलित पत्रकार सङ्घका कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले जातकै आधारमा प्रेममा बन्देज लगाउन सामूहिक हत्या गरिएको आरोप लगाए। ‘रुकुम पश्चिमको घटना इतिहासकै कालो दिन र दलित समुदायमाथिको जघन्य अपराधका रुपमा चित्रित भइरहनेछ’, उनले भने, ‘यो परिस्थिति निम्त्याउने सबैलाई कानूनी कठघरामा उभ्याउन सिङ्गो दलित समुदाय पुनःएकपटक जुर्मुराउन आवश्यक छ ।’ र्‍यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध दलित अगुवाको सहभागिता थियो ।

यही जेठ १० गते चौरजहारीको सोती गाउँमा भएको घटनामा पाँच जनाको मृत्यु हुनाका साथै एक जना बेपत्ता छन् । जाजरकोट, भेरी नगरपालिका रानागाउँका २१ वर्षीय नवराज विक रुकुम (पश्चिम)मा पर्ने सोती गाउँकी मल्ल थरकी आफ्नो पे्रमिकाका घरमा सोही दिन अपराह्न साथीसहित पुगेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।