२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

अ+ अ-

बलेवा । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताए । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो ।

‘हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ’, सैँजूले भने, ‘सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ ।’ यसअघि सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ श्यया, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार श्ययाको आइसोलेसन तयार गरिएको थियो । अहिले धवलागिरि अस्पतालमा एक शङ्कास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन् ।

जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धवलागिरि बहुमुखी क्याम्पसको भवन मङ्गलबार अवलोकन गरेका छन् । अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप ५० श्ययाको आइसोलेसन गर्ने गरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘क्वारेन्टिनमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाब पठाइएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकामा नतिजा पोजेटिभ आइरहेका छन्’, पौडेलले भने, ‘झण्डै २०० को नजिता आउन बाँकी छ, स्वाब लिन बाँकी रहेकाको पनि लिनु छ, यदि पोजेटिभ आए राख्ने उपचार गर्ने ठाउँको जोहो त गर्नै पर्‍यो ।’

उनले ५० जनासम्मका लागि धवलागिरि बहुमुखी क्याम्पसमा र बाँकी जिल्लाका अन्य स्थानमा समेत आइसोलेसन विस्तार गर्नुपर्ने बताए । पौडेलका अनुसार कुश्मीशेरा, गलकोट, बुर्तिवाङ, खर्वाङलगायत स्थानमा आइसोलेसन बनाउन जिल्ला तहमा छलफल शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय भारतबाट आएका र अन्य केही गरी ३२७ को स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षणका क्रममा छ । मङ्गलबार मात्रै सङ्कलन भएका ७७ जनाको स्वाब बुधबार प्रयोगशाला पुग्नेछन् ।

उनीहरुमध्ये अधिकांश भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा पाँच दिन समय बिताएका हुन् । ‘सङ्क्रमितको सङ्ख्या धेरै भएको मुलुकबाट आएकाले सम्भावना धेरै रहन्छ’, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘स्थानीय तहको क्वारेन्टिनमा एक हजार ३४१ जना हुनुहुन्छ ।’ छिटफुट मात्रै सङ्क्रमण देखापरे पनि तत्काल उपचार थाल्न आइसोलेसनको अभाव रहेकाले विकल्प खोज्न थालिएको हो ।