२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती लोकमार्गमा बजेट घटेर आयो चाँडो सच्याइयोस् : सांसद बोगटी

अ+ अ-

काठमाडौं । सांसद यज्ञबहादुर बोगटीले सेती लोकमार्गको बजेट घटेर आएकोमा आपत्ति जनाउँदै त्यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बोगटीले गत वर्षको भन्दा यो वर्ष मुख्य प्राथमिकतामा रहेको महत्वपूर्ण सेती लोकमार्गमा बजेट घटेको बताएका हुन् ।

सांसद बोगटीले भने, ‘सेती लोकमार्गमा आज बजेट घटेर ३१ करोडमात्रै आएको छ । गत वर्ष ४३ करोड थियो ।’

उनले दुरीका आधारमा सडकको बजेट विवियोजन गर्न पनि आग्रह गरे । ‘रणनैतिक सडकको बजेट विनियोजन र वितरण गर्दा १०२ किलोमिटर भएको सडकलाई पनि २ करोड र २० किलोमिटर भएको सडकलाई पनि २ करोडले अन्यायपूर्ण हुन्छ’,उनले भने,‘दूरीका आधारमा रणनैतिक सडकमा बजेट विनियोजन गरियोस् ।’

सांसद बोगटीले सहरी विकास अन्तर्गत अछाम जिल्ला विकास सडकनिर्माणमा पछाडि परेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको कुनैपनि कार्यक्रम नपरेको बाताए । उनले भने, ‘सहरी विकास अन्तर्गत मेरो जिल्ला सुख्खा छ, मेरो निर्वाचन क्षेत्रमा कुनै पनि विकास निर्माणका कार्यक्रम छैनन ।’

उनले ग्रामीण क्षेत्रलाई विकास गर्न सकिएन भने नेपाल समृद्ध हुन नसक्ने बताए । उनले सन्तुलित विकासको लागि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सहर निर्माण गर्ने अवधारणा सरकारले लिनु पर्ने बताए ।