२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालयका चार प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको भन्ने उजुरीमाथि छानबिन हुँदा तथ्यगत विवरण, प्रमाण समेतका आधारमा कार्यालय प्रमुखसहितले गैरकानूनी काम गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख नयराज नेपालविरुद्ध रु एक करोड आठ लाख २९ हजार ६९ बराबरको बिगो असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यालय प्रमुखत्रय तीर्थराज लम्साल रु तीन करोड ३० लाख ७९ हजार ३७३, गोपाल थपलिया रु एक करोड ३० लाख ७२ हजार १५३ र भूपेन्द्र राईविरुद्ध रु ५६ लाख १२ हजार ५४७ बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै लेखा अधिकृत टीकाराम अधिकारी रु एक करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी रु तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापालहरु रुद्रप्रसाद दाहाल रु तीन करोड ४८ लाख ९३ हजार २१६, अर्जुन भट्टराई रु दुई करोड १७ लाख ३२ हहजार ४७३ र कृष्णप्रसाद कट्टेल रु ७३ लाख ६२ हजार ४५५ बराबरको बिगो दाबी गरिएको छ । यसैगरी कम्प्युटर अपरेटरहरु सुजन राई रु २२ लाख ४४ हजार ३३६, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेलविरुद्ध समान रु पाँच करोड ९४ लाख ९८ हजार ९३१ बराबरको बिगो दाबी गरिएको छ । कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डल रु एक लाख ४६ हजार ५२६, मैयाँकुमारी चापागाईं रु २२ लाख ४४ हजार ३३६ र रबिनकुमार विश्वासविरुद्ध रु ४५ हजार ४६१ बराबरको बिगो दाबी गरिएको छ ।