काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४ जना महिला र ४६१ जना पुरुष गरी ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या ९५६१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७० जना निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये ३२ जना महिला र ३३८ पुरुष छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या हालसम्म २,१४२ पुगेको छ ।







