काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि छन् ।







