२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणीमा भक्तजनको घुइँचो

अ+ अ-

भादगाउँ । यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ ।

नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणी शक्तिपीठमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान आग्रह गरे पनि सर्वसाधारण बिहानदेखि ब्रह्मायणी दर्शनका लागि पुगेका थिए ।

भक्तपुरमा नवरात्रिमा विभिन्न शक्तिपीठमा स्थान गर्ने र दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामा स्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ । यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ । तेस्रो दिनमा देउला टोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथो दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ ।

त्यसैगरी दशैँको पाँचौँ दिनमा बाराही मन्दिरमा मेला लाग्छ । दशैँको नौरथामा विभिन्न नौ देवीहरुको दर्शन गर्ने प्रचलनअनुसार छैटौँ दिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ । सातौँ दिनमा कालीघाट खोलामा स्नान गरी व्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ । त्यस्तै शक्तिपीठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र क्वाठडौँस्थित कुमारी देवगृहमा पनि मेला लागेको छ ।