काठमाडौँ । एक करोड हुन्डीसहित तीन जना पक्राउ परेका छन् ।
सोमबार काठमाडौँको ओमबहालबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले हुन्डीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा घर भएका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वतका गणेश पौडेल छन् ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







