काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा २ लाख १२ हजार ९१७ संक्रमितको संख्या पुगेको बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ ।
क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।







